
सिन्धुपाल्चोक, असोज ५ । सिन्धुपाल्चोकको झ्याडी–देउराली सडक खण्ड स्तरोन्नतीको काम थालिएको छ ।
बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल तथा सामाजिक विकास मन्त्री युवराज दुलालले स्तरोन्नतिको काम संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
१२ किमि लामो सडक स्तरोन्नतीको अनुमानित कूल लागत ४७ करोड रुपैयाँ रहेको छ ।
श्री प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालिले जिम्मा लिएको आयोजना को काम २०७९ असार २७ मा सम्पन्न गरी सक्नु पर्ने छ ।
बागमती प्रदेश सरकारले यस क्षेत्रका अन्य सडकहरु पनि बिभिन्न आयोजना मार्फत बहुवर्षिय ठेक्का लगाएर स्तरोन्नतीका लागि सहयोग गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्