
काठमाडौं, असोज ५ । लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन ।
कोरोना महामारीका कारण जारी भएको लक डाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन ।
आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताउनुभयो ।
तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी एयरलाइन्सहरुले उडान प्याकेज घोषणा गरेको प्रति भने उहाँले आपत्ति जनाउनुभयो ।
त्यसले पर्यटन क्षत्रेलाई नभएर एक, दुई जना व्यवसायीलाई मात्रै फाइदा पुग्ने उहाँले बताउनुभयो ।
अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभएपनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताउनुभयो ।
कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना सँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।
पर्यटकिय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न सके २ वर्षभित्रमा लक डाउन अघिकै अवस्थामा पुग्न सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्