१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एक वर्षको अन्तरमा ई–पासपोर्टको टेन्डर दोस्रो पटक रद्द, राहदानीकै संकट हुनसक्ने त्रास


0
Shares

e passport tendor

काठमाडौं, असोज ५ । सरकारले फेरि विद्युतीय पासपोर्टको बोलपत्र रद्द गरेको छ । एक बर्षको अन्तरमा दोस्रो पटक ई–पासपोर्ट छपाईको बोलपत्र सोमबार रद्द गरिएको हो ।

गत बिहीबार, सेप्टेम्बर १७ को राहदानी विभागको निर्णयअनुसार बोलपत्र रद्द गरिएको राहदानी विभाग स्रोतले जनाएको छ ।

बोलपत्रमा सहभागी चार वटा अन्तर्राष्ट्रिय कम्पनीले कागजपत्र पनि पूरा दिन नसकेको तथा प्रकृयागत कमजोरी समेत फेला परेको दाबी गरिएको छ ।

गत फागुन १९ मा विभागले २० लाख थान ई–पासपोर्ट छपाईका लागि टेन्डर आह्वान गरेकामा फ्रान्स, अमेरिका, जर्मनी र चीन चार देशका कम्पनीले भाग लिएका थिए ।

नयाँ टेण्डर कहिले निकाल्ने भन्ने प्रष्ट भएको छैन । ठेक्का रद्द हुनुमा नेपालस्थित स्थानीय एजेन्टको आपासी रिसइबी कारक रहेको जनाइएको छ ।

फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी, अमेरिकी कम्पनी एचआइडी ग्लोबल, जर्मनीको लिबवा आइडी सर्भिस र चिनियाँ कम्पनी आइसिनो कर्पोरेसनले टेण्डरमा सहभागि भएका थिए ।

पहिलोपटक २०७६ भदौ १० मा विभागले पासपोर्ट छपाईका लागि ठेक्का आह्वान गरेकामा त्यतिबेला पनि रद्द गरिएको थियो । त्यसबेला भने विभिन्न देशका १५ कम्पनी सहभागि थिए ।