
हेटौंडा, असोज ५ । मकवानपुरको राक्सिराङ गाउँपालिकाको मैनाटारमा मनहरीबाट सरिखेत पलांसेतर्फ गइरहेको बलेरो जिप सोमबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
राक्सिङ ३ का २७ बर्षीय सुरज शाहिको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य २ जनाको घटनासथलमै मृत्यु भएको थियो ।
मृत्यु हुने अन्य दुई जनामा राक्सिराङ गाउँपालिकाका १३ बर्षका रिजन तितुङ र ११ बर्षका अनुप वाइबा रहेका छ्न ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जीप चालक भीषण प्रजालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्