
काठमाडौं, असोज ५ । सरकारले व्यवसायीक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ले विभुषित गरेको छ ।
शंकर ग्रुपले आर्थिक वर्ष २०७/७७ मा मात्रै आफ्नो सबै व्यवसायबाट १८ अर्ब रुपैयाँ सरकारलाई राजस्व तिरेको थियो ।
शंकर ग्रुपले माइनिङ, सिमेन्ट, स्टील, सेन्थेथिक, कपडा, एफएमसिजी, बीमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा यो समूहले लगानी गरेको छ भने ट्रेडिङ व्यवसायमा पनि कम्पनीले धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ ।
ट्रेडिङमा इलेक्ट्रोनिक्सदेखि अटोमोवाइलसम्मका क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले नेपालमा नै टीभीएस ब्राण्डको मोटरसाइकल एसेम्बल यूनिट समेत स्थापना गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्