१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मंगलबारको दिन भुलेर पनि नगर्नुस् यी पाँच काम


0
Shares

tuesday

शास्त्रानुसार सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रूर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।

मंगलबारलाई अत्यधिक क्रूरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ ।

मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्धान्त अनुसार प्राणीको हाड र रक्त कोषिकाहरु मंगलसँग सम्बन्धित हुन्छन् ।

मंगललाई सबै ग्रह मध्ये क्रूर र रक्तपातको ग्रह मानिएको छ ।

मंगलको रातो रंग मृत्यु वा रगतसँग सम्बन्धित मानिन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् ।

१– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराब मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धि भ्रमित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।