२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


मंगलबार पवनपुत्र हनुमानको दिन, यसरी गर्नुहोस् आराधना (पूजा विधि)


0
Shares

lord hanuman and tuesday

शास्त्रानुसार तपाईंले मंगलबारको दिन हनुमानको पूजा आराधना गर्नुभयो भने धेरै लाभ मिल्छ ।

सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ ।

जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो हुने विश्वास गरिन्छ ।

मंगलबारको दिन एउटा धागोको बीचमा कागती राखेर एकातर्फ ४ वटा खुर्सानी र अर्कोतर्फ ३ ओटा खुर्सानी राखेर व्यवसायिक स्थलमा राख्दा व्यवसाय फस्टाउने र व्यवसाय नाफामा जाने विश्वास गरिन्छ । भूतप्रेतबाट मुक्तिको लागि पनि आजको दिन शुभ मानिन्छ ।

एउटा रातो सफा कपडामा थोरै सिन्दुर राखेर तामाको पैसा साथै कालो तिल राखेर डल्लो बनाएर प्रेत आत्माले ग्रसित व्यक्तिको शिरमा सात पटक घुमाएर कुनै सुनसान ठाउँमा राख्दा प्रेतआत्मा हट्ने धार्मिक विश्वास छ ।