२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चिनियाँ सीमामा सामान रोकिएका व्यापारी हारगुहारमा, बाबुराम भन्छन्– सरकार कानमा तेल हालेर बसेको हो ?


0
Shares

baburam bhattarai question to government

काठमाडौं, असोज ६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कानमा तेल हालेर बसेको छ कि क्या हो भन्दै प्रश्न गर्नुभएको छ ।

चिनियाँ सीमामा आफूले मगाएका सामान लामो समयदेखि रोकिएकामा चिन्तित व्यवसायीलाई भेटेपछि डा. भट्टराईले सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

चीनबाट आयात गर्न लागिएका अर्बौको सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेकामा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ ।’

सरकारलाई उहाँको प्रश्न छ, ‘व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’

नेपाल–चीनबीचको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द गरिएका छन् । रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको हो ।

नाका बन्द गरिएकैले चीनबाट मगाइएका सामान लोड गरिएका कन्टेनरहरु नेपाल आउन सकेका छैनन् ।