
काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई आफैले वर्षौवर्ष काम गरेको संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जानबाट रोकिएको छ ।
विभिन्न माग राखी जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँ अनशनकै क्रममा सोमबार काठमाडौं आइपुग्नुभएको थियो ।
टिचिङ अस्पताल महाराजगञ्ज ल्याउने भनेर त्यहीको गाडी डा केसीलाई लिन विमानस्थल पुगेको पनि थियो । गत वर्षमात्र डा. केसीले शिक्षण अस्पतालबाट अवकाश पाउनु भएको थियो ।
तर गाडीमा बसिसकेपछि प्रहरीहरुले उहाँलाई टिचिङमा जान नदिएर जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेका हुन् ।
नेपालगञ्जबाट विमानमा काठमाडौं आउनु भएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो ।
जबरजस्ती ट्रमा सेन्टर पुर्याइएका डा. केसी त्यहाँ जान नमानेपछि प्रहरीले दुव्र्यवहार नै गरेको उहाँको सहयोगीले बताएका छन् । डा. केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगिएको हो ।
आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए ।
जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसीले सोमबार विज्ञप्ति निकालेर आफू काठमाडौंतर्फ आउन लागेको जानकारी दिनुभएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन थाल्न, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्न, पीसीआर परीक्षणलाई तिब्र पार्न, देशमा भएका सबैखाले भ्रष्टाचारमाथि छानबिन गर्न, अीख्तयारका पदाधिकारीहरुमाथि छानबिनका लागि न्यायिक आयोग बनाउन उहाँले माग गर्दै डा.केसीले भदौ २९ गतेबाट जुम्लामा १९ औं अनशन थाल्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्