२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई नेकपा सचिवालयको आग्रह


0
Shares

ncp secretariate meeting

काठमाडौं, असोज ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संवैधानिक परिषद्को बैठक छिटो बोलाउन प्रधानमन्त्री केपी ओलीसँग लाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।

नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको उहाँको भनाइ छ ।

यसैगरी, बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई दश दिनको समय दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष र महासचिवले प्रस्ताव तयार पारेपछि सचिवालय बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

सरकारको काम प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझै सुदृढ बनाई सरकारको विश्वसनियता कसरी बढाउने भन्नेबारेमा पनि बैठकमा छलफल भएको उहााको भनाइ छ ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने भन्नेमा आइतबारको बैठकमै सैद्धान्तिक सहमति भइसकेकाले थप छलफल नभएको पनि श्रेष्ठले बताउनुभयो ।