१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उडान सुचालु भएपछि धनगढीका पर्यटन व्यवसायी उत्साहित


0
Shares

काठमाडौं, असोज ६ । सोमबारदेखि आन्तरिक उडान सुचालु भएपछि धनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भन्दै उनीहरु उत्साहित भएका हुन् ।

हवाई उडान नियमित भएपछि होटल व्यवसाय पुरानै लयमा फर्कने आशामा रहेको व्यवसायीहरु बताउँछन ।

त्यस्तै यात्रुहरुले पनि आवागमन सहज भएको बताएका छन् ।

बन्दाबन्दीका कारण सडक यातायातमा चर्काे मुल्य तिरेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुले बताएका छन् ।

हवाई यातायात सुरु भएसँगै हुने आवत–जावतले केही राहत मिल्ने भन्दै होटेल व्यवसाय पनि उत्साहित भएकाछन् ।

यात्रुको आवागमन हुन थालेपछि व्यवसायीहरू पनि आन्तरिक तयारीमा जुटेका छन् ।

यद्यपि अन्तराष्ट्रिय नाका नखुलेसम्म र गोष्ठी, सेमिनारहरू नभएसम्म व्यवसायले गति लिन नसक्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउनुहुन्छ ।

कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० प्रभावित हुँदा पनि व्यवसायीहरुको लगानी डुब्ने खतरामा छ ।

आन्तरिक उडान सुरु भए सँगै कोरोना कहरका कारण धराशायी बनेको पर्यटन व्यवसायले अव भने क्रमिक रूपमा गति लिने अपेक्षा भएपनि चुनौति धेरै नै रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा विमान सुचालु भए पछि सक्रमण झन् भयावह बन्ने हो कि भन्ने डर व्यवसायीमा अझै पनि छ ।