
डडेल्धुरा, असोज ६ । सडक अनुशासन कायम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नमस्कार अभियान संचालन गरेको छ ।
नेपाल प्रहरी ट्राफिक महाशाखाको निर्देशन बमोजिम सुदूरपश्चिमका पहाडी जिल्ला अन्र्तगत डडेल्धुरा कार्य क्षेत्रमा रहेका मुख्य राजमार्गमा शिष्टताका साथ नमस्कार अभियान थालिएको हो ।
यात्रु संख्या सँगै यातायातका सबै सवारी साधनमा चालक तथा गाडी कागजात पनि सवारी जाँच गरि आवश्यकता अनुसार कडा कारवाही पनि गर्ने गरेको छ ।
ट्राफिक प्रहरी प्रति आम जनगुनासाहरु आएको भन्दै राजमार्गमा गुडने प्रत्येक यातायातका साधनहरु सँग भद्र र मित्रवत व्यवहारका साथ सडक अनुशासन कायम गर्ने उद्देश्यका साथ दुर्घटना न्यूनिकरणका उपायहरु पनि सुझाउन थालेको छ ।
कोभिडको संक्रमण व्याप्त रहेका बेला गाडीहरुमा स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग, मापदण्ड अनुसार यात्रुबाहक सवारी साधनहरु चलाउनु पर्ने, लाईसेन्स र गाडी धनी पूर्जा लगायतका कागजातहरु चुस्त र नविकरण भए नभएको नियमन गर्न नमस्कार सहितको अभियान सकारात्मक र उत्साहजनक रहेको सवारी साधन चालकहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्