
पर्वत, असोज ६ । बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार व्यक्ति मंगलबार पर्वतबाट पक्राउ परेका छन ।
पर्वतको जलजला गाउँपालिकाका ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले उनको गाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
उच्च अदालत बुटवलले २०७६ वैशाख ८ गतेको फैसलाले ६ महिना कैद र ९ लाख ९० हजार रुपैया जरिवाना तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्