१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापा कारागारमा आयोगको अनुगमन


0
Shares

झापा, असोज ६ । राष्ट्रिय मानव अधिकार आयोगले झापास्थित कारागारको अनुगमन गरेको छ ।

नेपालमा कोभिड १९ को संक्रमण शुरु भएपछिको अवस्थामा कैदी बन्दीको मानवअधिकारलाई कसरी सुनिश्चित गरिएको छ भन्ने विषयमा जानकारी लिने उद्देश्यले आयोगले कारागारको अनुगमन शुरु गरेको आयोगका सदस्य सुदीप पाठकले बताउनुभयो ।

झापा जिल्ला कारागारको अनुगमनका क्रममा आयोगको टोलीसंगै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतको सहभागीता थियो ।

अनुगमनका क्रममा टोलीलाई कारागारका चौकीदार मोहन धितालले कारागारको बस्तुस्थितिको विषयमा जानकारी गराउनुभएको थियो ।

जिल्ला कारगार झापामा ५ वालवालिका ८१ जना महिलासहित १ हजार १ सय ४५ जना कैदी बन्दी छन् ।