१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाली भूमिमा चिनियाँ दाबी, भन्योे– ‘लाप्चा बगर हाम्रै हो’


0
Shares

nepal china humla lamcha bagar

काठमाडौं, असोज ६ । हुम्लास्थित चिनियाँ सीमा क्षेत्रको नेपाली भूमिमा चीनले दाबी गरेको छ ।

चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण गरेको चीनले उक्त जमीन अतिक्रमण नगरेको दाबी गर्दै आफ्नै भएको प्रतिक्रिया दिएको छ ।

स्थानीयहरुका अनुसार त्यहाँ चीनले नेपाली भूमि मिचेर भवन नै बनाएको छ । तर चिनियाँ पक्षले स्थानीयको दाबीलाई अस्वीकरा गरका हुन् ।

नेपाली भूमि मिचेको खबर सार्वजनिक भएपछि अध्ययनका लागि त्यहाँ पुगेका हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको सुनाएका हुन् ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले आफूहरु भवन बनाएको ठाउँमा पुगेपछि चिनियाँ पक्षले भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर जमीन चीनको रहेको जवाफ दिएको जानकारी दिनुभयो ।

त्यस क्षेत्रको सुरक्षाका लागि खटिएको चिनियाँ जनसेनाले यस्तो दाबी गर्दै आफूहरुलाई फर्कन भनेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएको पनि उल्लेख गर्नुभयो ।

पहिले त्यो क्षेत्र खुला सीमा रहेकाले नेपाल र चीन दुवैतर्फका पशुचौपायाको चरण क्षेत्र रहेको अध्यक्ष तामाङको भनाइ छ । यो विवाद सरकारले नै टुंग्याउनुपर्ने उहाँले बताउनुभयो ।

नाम्खा गाउँपालिकाको भूभागमा देखिने लाप्चा बगरमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म पुगेर नेपाली श्रमिकले बाटो बनाएको र भोगचलन गरेको पनि उहाँले जानकारी दिनुभयो ।