
काठमाडौं, असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताउनुभयो ।
२४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९९५४ रहेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापा, सिरहा, काठमाडौं, ललितपुर, बर्दियामा गरि जम्मा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्