
तस्विर फाइल
चितवन, असोज ७ । लगातारको झरीका कारण लेदो सहितको पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै अवरुद्ध भएको छ ।
पानी परिरहेकाले दिउसो साँढे ४ बजेदेखि झेरेको पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवलने जानकारी दिएको छ ।
सडक खण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेको हो ।
मौसम विभागले निरन्तर पानी पर्ने भनिरहेकाले उक्त सडकखण्ड भएर यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्