२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतमा कोरोनाबाट रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु


0
Shares

indian minister death by corona

एजेन्सी, असोज ८ । भारतका कोरोना संक्रमणका कारण केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ ।

६५ वर्षीय अंगडीको दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेप्टेम्बर ११ मा एम्स अस्पताल भर्ना गरिएको थियो ।

कर्नाटकका निवासी उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।