१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार !


0
Shares

Trump resject election result and power handover

एजेन्सी, असोज ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा पराजीत भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्नुभएको छ ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो, ‘ठीक छ, के हुन्छ हामी हेर्छौं । तपाईं त्यो जान्नुहुन्छ ।’

एक संवाददाताले सोधेको ‘यदि डेमोक्र्याट उम्मेदवार जो बिडेन निर्वाचनमा विजय भए तपाईं शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उहाँले मतपत्रप्रतिको संशय देखाउनुभयो ।

‘मतपत्रमाथि मेरो गुनासो रहँदै आएको छ । मतपत्र एक विपद हो ।’ उहाँको जवाफ थियो ।

देशमा दंगाफसाद बढिरहेको दृष्टान्त रिपोर्टरले दिँदा ट्रम्पले भन्नुभयो, ‘मतपत्रबाट छुटकारा मिल्ने वित्तिकै त्यहाँ शान्ति हुने, कुनै सत्ता हस्तान्तरणको सवाल नआउने बरु एक निरन्तरता हुनेछ ।’

ट्रम्पले मतपत्रका बारेका चिन्ता हुलाकका माध्यमबाट गरिने मतदानप्रति उहाँको आशंका रहेको छ । यसरी मतदान गर्दा धाँधली हुने उहाँको तर्क रहँदै आएको छ ।

कोरोना भाइरसबाट मतदातालाई सुरक्षित राख्नका लागि धेरैजसो राज्यमा ‘मेल इन भोटिङ’ अर्थात् हुलाकबाट मतदान गराउने व्यवस्था गरिँदैछ ।

चारवर्ष अघि सन् २०१६ को निर्वाचनमा पनि उहाँले पराजय स्वीकार्ने कुरा ठाडै अस्वीकार गर्नुभएको थियो ।

३० लाख लोकप्रिय मतले प्रतिष्पर्धी डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनभन्दा पछाडी परेर पनि उहाँलाई नै विजयी घोषणा गरिएको थियो ।