१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध


0
Shares

muglin road

काठमाडौंं, असोज ८ । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

सोहि स्थानमा बुधबार दिउँसो खसेको पन्छाएर साँझ ७ बजेदेखि सडक सञ्चालन गरिए पनि फेरि पहिरो खसेको हो ।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ ।

साँझ पहिरो खसेसँगै अवरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो।

केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । (रासस)