
ललितपुर, असोज ८ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन बुधबार हरिसिद्धि पुगेर कोरोना संक्रमितको घर-घरमा पुगेर डिग्निटी किट बितरण गर्नुभएको छ ।
नगरप्रमुख सहितको समूहले हरिसिद्धि कोरोना (कोभिड) संक्रमणका कारण होम आइसोलेसनमा बसेकालाई डिगनिटी किट वितरण गर्नुभएको हो ।
युनिसेपले उपलब्ध गराएको डिग्निटी किटमा महानगरपालिकाले केही सामग्री थपेर संक्रमितलाई प्रदान गरेको थियो ।
उक्त किटमा महानगरले सिटामोल र जीवनजल थपेर संक्रमितलाई दिएको हो ।
मास्क, पन्जा लगाएका प्रमुख महर्जनले उक्त किट दिदैं भने,‘ म यहाँको स्वास्थ्य लाभको कामना गर्न आएको हुँ , आराम गर्नुस् , अप्ठ्यारो पर्दा महानगर यहाँ र यहाँको परिवारलाई सहयोग गर्न तत्पर छ ।’
चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएको स्वास्थ्य सर्तकता अपनाउन महानगर प्रमुखले अनुरोध गर्नुभयो ।
उपप्रमुख गीता सत्यालले सन्त्वना दिदैं भन्नुभयो,‘आत्मबल बढाउनुस् , तपाई छिट्टै निको हुनु हुनेछ ।’
संक्रमितलाई कोभिडसँग लड्न आत्मविश्वास र सतर्कता आवश्यक भएको बताउनुभयो ।
वडा नं २८ का वडा अध्यक्ष राजेश महर्जनले होम आइसोलेसनमा बसेकी युवतीलाई हौसला प्रदान गर्नुभयो ।
कोभिड संक्रमितका लाथि थप पोषण आवश्यक पर्ने भएकाले उक्त किटमा पोषण युक्त पीठो थप्ने महानगरपालिकाले जनाएको छ ।
पीडो नेपाल युथ फाउण्डेसनले उपलब्ध गराउन लागेको हो ।
महानगरपालिकाका अनुसार महानगरभित्र ३०० जना संक्रमित होम आइसोलेसनमा छन् ।
हाललाई असोज १ गतेदेखि संक्रमण देखिएकालाई डिगनिटी किट दिइएको हो ।
किट प्रदानको सुरुवात प्रमुख र उपप्रमुखबाट गरिएको उल्लेख गर्दै अन्य संक्रमितलाई वडा मार्फत महानगरले जनाएको छ ।
उक्त किटमा स्यानिटाइजर, पानी सुद्धिकरण गर्ने औषधि (पियुस) भाडा माँझ्ने साबुन, मास्क, थर्मोमिटर छ।
महिलालाई दिइने किटमा स्यानिटरी प्याड राखिने महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्