१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज ८ । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमित थपिएको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौं काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं मा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यो सहित हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

संक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.08

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.08#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, September 24, 2020