
तस्विर फाइल
हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भारी वर्षा भए पनि अबरुद्ध सडक पन्छाउने काम भई रहको छ ।
भारी वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीका सडकखण्ड सबै अवरुद्ध भएका छन् ।
पहिरोले गर्दा हेटौंडाबाट काठमाडौं जाने कान्तिराजपथ पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्