१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गुल्मीमा ठाउँ-ठाउँमा सडक अवरुद्ध


0
Shares

गुल्मी, असोज ८ । भारी वर्षाका कारण तम्घास-रिडी सडक खण्ड अन्तर्गत रेसुंगा नगरपालिका–१२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डअन्र्तगत सत्यवती गाउँपालिका–४ नादेवा, वडा नं ५ बाँदरेभीर र वडा नं. ६ डहरेलगायतका स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यस्तै रिडी–खज्र्याङ्ग र तम्घास–इन्द्रेगौंडा सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ ।

अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।

पानी परिरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।