२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


क्यानडामा कोरोना संक्रमणको दोस्रो चरण सुरु


0
Shares

काठमाडौं, असोज ८ । क्यानाडामा पनि कोरोना (कोभिड–१९) संक्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सो कुरा बताउनुभएको हबो ।

उहाँले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधनका क्रममा क्यानाडामा संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्नुभयो छ ।

यसबाट बच्न आवश्यक सतर्कताका लागि सबै देशबासीलाई प्रधानमन्त्री ट्रुडोले आग्रह पनि गर्नुभयो ।

क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो संक्रमण देखिएको छ ।

बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा संक्रमित थपिने दर बढेको छ ।

जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् ।

(एजेन्सी)