
विश्वप्रकाश शर्मा । फाइल तस्वीर ।
काठमाडौं, असोज ८ । संवैधानिक नियुक्तिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय संलग्न भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
विज्ञप्ति नै निकालेर प्रमुख विपक्षी कांग्रेसले संविधानको व्यवस्थाभन्दा बाहिर गएर कार्य नगर्न सरकारलाई सचेत गराएको हो ।
संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न कांग्रेसले प्रधानमन्त्रीलाई सजग गराएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी ओलीलाई संवैधनिक परिषद् सत्तारुढ नेकपाको सचिवालय नभएको हेक्का राख्न सचेत गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्