२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकाः निर्वाचनको आधिकारिक मिति आएकै छैन, लाखौंले हालिसके मत


0
Shares

us election begain before election day

एजेन्सी, असोज ९ । अमेरिकामा नोभेम्बर ३ मा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । तर रमाइलो मतदानको आधिकारिक मिति नै नआउँदै लाखौं मानिसले मत भने हालिसकेका छन् ।

अमेरिकी निर्वाचन प्रणालीमा मतदानको दिन नआउँदै पनि मत हाल्न पाउने कानुनी व्यवस्था र राज्यहरुले मतदानको प्रबन्ध गर्ने भएकाले यो सम्भव भएको हो ।

यस वर्ष त झन् कोरोना भाइरसको महामारीका कारण निर्वाचन तिथि आउनुअगावै मत हाल्नेहरुको संख्या बढेको समाचारहरुमा जनाइएको छ ।

अमेरिकी चुनाव परियोजनाका अनुसार, राज्यहरुमा लाखौंको संख्यामा मतदान भइसकेको छ ।

विहीबारसम्ममा २५ राज्यमा यस्तो एब्सेन्टी मतदाताहरुका लागि मतदानको व्यवस्था मिलाइसकिएको जनाइएको छ ।

उत्तरी क्यारोलिना यसरी मतपत्र पठाउने पहिलो राज्य थियो । जसले मतदानको दिन आउनु ६० दिन अगार्व अर्थात् सेप्टेम्बर ३ बाटै मतदानको व्यवस्था गरेको थियो ।

यस वर्ष कोरोना भाइरस संक्रमणको त्रासका कारण मानिसहरु लामो लाइनमा उभिएर मत हाल्न आउनेमा आशंका छ । त्यसैले हुलाकबाटै मत हाल्न पाइने व्यवस्था मिलाइएको छ ।

जसका कारण यस वर्ष मतदानमा उपस्थित नभई मत दिनेहरु (एब्सेन्टी) बढ्ने अनुमान छ ।

आगामी कार्यकालका लागि रिपब्लिकनका तर्फबाट वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प तथा डेमोक्र्याटबाट पूर्वउपराष्ट्रपति जो बिडेन चुनावी मैदानमा हुनुहुन्छ ।

ट्रम्प हुलाकबाट मतदान गर्न दिँदा धाँधली हुने तर्क गरिरहनु भएको छ भने मत सर्भेक्षणहरुमा बिडेन उहाँभन्दा अगाडी देखिनु भएको छ ।

कोरोना महामारी व्यवस्थापन गर्न नसकेको, देशमा नश्लीय द्वन्द्व सृजना गरेको, बेरोजगारी समस्या समाधान गर्न नसकेको, विश्व राजनीतिक रंगमञ्चमा अमेरिकी प्रभाव न्यून बनाउन भूमिका खेलेको, आफ्ना मित्रराष्ट्रहरुसँग सम्बन्ध बिगारेको, बढदो चिनियाँ चुनौति बहन गर्न नसकेको, आर्थिक नीति कमजोर भएको जस्ता आरोपमा घेरिनुभएका ट्रम्पको भविष्य यस मतदानले तय गर्दैछ ।