१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आश्चर्यः १३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले बच्चा पाईन् !


0
Shares

british boy 13 became father

एजेन्सी, असोज ९ । आश्चर्यको खबर, बेलायतमा १३ वर्षीय एक बालक बच्चाका पिता बनेको खबर चर्चामा रहेको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् ।

प्रेममा परेको १३ वर्षीय बालक र १५ वर्षीया बालिका अन्जानमै बच्चाको आमाबाबु बनेका हुन् ।
ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बन्ने ती बालकको नाम एल्फी रहेको जनाइएको छ । उनकी प्रेमिकाको नाम भने सेन्टल रहेको छ।

१३ वर्षे बालक बाबु बनेको खबर अहिले ब्रिटेनमा भाइरल बनेको छ । तर १३ वर्षमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले दुई वर्षपछि डिएनए जाँच गराउँदा सबैको होश गुम्ने प्रतिवेदन आयो ।

डिनए रिपोर्ट एल्फीसँग मेल खाएन । सेन्टलले जन्म दिएको बच्चा एल्फीको नभएर अरु कसैको थियो ।

खबर लेख्छ, एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् । बच्चाको वास्तविक पिता को हुन् भन्ने केही पत्तो लाग्न सकेको छैन ।

आफ्नो डिनएसँग मेल नखाएपछि हाल २२ वर्ष पुग्न लागेका एल्फीले सेन्टल र बच्चा दुबैलाई छाडिदिएको खबर छ ।

स्कुलमा भेट भएका एल्फी र सेन्टल एकर्काका राम्रा साथी थिए तर बच्चाको बाबु को हो भन्ने विषय भने रहस्य बनेको छ ।