१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज ९ । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण भएकोे बताउनुभयो ।

योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १४५५ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ ।

७ जिल्ला कोरोनामुक्त छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जना कोरोना संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.09

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.09#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Friday, September 25, 2020