२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबुलाई कोरोना


0
Shares

काठमाडौं, असोज ९ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो पाटन अस्पतालमा स्वाब परिक्षण गराउनुभएको थियो ।

मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

मेयर महर्जनलाई टाउको दुख्ने, जिउ दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गराउनुभएको थियो ।

अहिले मेयर महर्जन बखुन्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बस्नुभएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो ।