१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अर्घाखाँचीमा जमिन भासियो


0
Shares

अर्घाखाँची, असोज ९ । अर्घाखाँचीमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण जमिन भासिएर १७ घर गोठ पुरिएका छन् ।

जिल्लाको शितगंगा नगरपालिका वडा नं. १२ को कोठियामैदानको टोलमा बस्ती माथिबाट खसेको पहिरो सहित जमिन भासिदा १७ घरगोठ भासिएर पुरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।

उहाँले हालसम्म कुनै मानवीय क्षति नभए पनि पशु चौपाया पुरिएको बताउनुभयो ।

त्यहाँ जमिन भासिने क्रम नरोकिएकाले अझै केही घर जोखिममा रहेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।