
फाइल तस्वीर
पाल्पा, असोज ९ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ ।
बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर हराइरहेका ६३ वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण बिहीबार गएको पहिरोमा फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका तीन घर पुरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्