
काठमाडौं, असोज ९ । नक्कली नोट दिएर सुनको गहना लिइ फरार दुइजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका–२१ टेकु घर भैइ हाल भक्तपुर सल्लघारी बस्दै आएका २६ वर्षिय एक्युज तुलाधर र असन निवासी २७ वर्षिय अभय महर्जन रहेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राइले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट ४ सय ६५ थान नक्कली नोट फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख राइले बताउनुभयो ।
उनीहरुले गत असोज १ गते डम्बर बहादुर रिजालको ललितपुर नखिपोटस्थित जय मां दुर्गे जेम्स एण्ड ज्वेलरि हाउसमा गइ ४ तोला ६५ लाल तौलको ३ वोटा गहना जोख्न लगाइ १ हजार दरको ४ सय ६५ थान नोट दिएर बिल बनाउदै गर्दा गहना लिएर फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्