२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कंगोमा क्याप्टेनबाट कुटिए सैनिक जवान, जङ्गी अड्डाले थाल्यो छानबिन


0
Shares

kango nepali army court of inquiry

काठमाडौं, असोज १० । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना नेपाली सैनिकलाई आफ्नै अधिकृतले मरणासन्न हुनेगरी कुटेका छन् ।

सैनिक अधिकृतले जवानमाथि गरेको कुटपिटको घटनामा छनबिनका लागि जङ्गी अड्डा भद्रकालीले कोर्ट अफ इन्क्वायरी पनि गठन गरेको छ । कोर्ट अफ इन्क्वायरीमा नेपाली सेनाकै वकील, चिकित्सकलगायत सम्मिलित छन् ।

तीन जना क्याप्टेन इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेको जनाइएको छ ।

कंगोमा अधिकृतले जवानलाई कुटेको भन्ने विषयमा छानविन शुरु गरिएको सैन्य प्रवक्ता सहायकरथी, सन्तोष बल्लभ पौडेलले ईमेजखबरलाई जानकारी दिनुभयो ।

कंगोको गणमा रहेका जेष्ठ सेनानीको नेतृत्वमा छानविन थालिएको प्रवक्ता पौडेलले जानकारी दिनुभएको हो ।

घटना ८ गते बिहीबार राति भएको तर आफूहरुले पनि कुटपिट गरेको तस्वीर सामाजिक सञ्जालमा आएपछि मात्रै थाहा भएका पौडेलले जानकारी दिनुभयो ।

शान्ति स्थापनार्थ कंगोमा हाल नेपाली सेनाका सात सय सैनिक रहेका छन् । एक वर्ष अवधि पूरा गरेका उनीहरु नेपाल फिर्ता आउनु पर्नेमा हाल कोरोनाको कारण रोकिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।