
एजेन्सी, असोज ११ । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ ।
सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् । विगत ६ वर्षदेखि सिंह विरामी रहँदै आएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको छ ।
सिंह भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका संस्थापक सदस्यमध्येका एक हुनुहुन्थ्यो ।
पाँचपटक राज्यसभा र चारपटक लोक सभा सदस्यमा निर्वाचित हुनु भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्