५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


फेवातालमा ‘फुट ट्रयाक’ रेखाँकन


0
Shares

पोखरा, असोज ११ । ४१ औं विश्व पर्यटन दिवसका अवसरमा पोखराका पर्यटन व्यवसायीले सरोकारवाला निकायहरुलाई सहभागी गराएर फेवा फेरो फुट ट्रयाक रेखाँकन गरेका छन् ।

यस वर्ष कोरोना भाइरस महामारीका कारण जनजीवन असहज बनेपछि फेवातालको दक्षिणी भेग रानीवनमा फुट ट्रयाक निर्माणका लागि दबाब दिन पर्यटन व्यवसायीहरुले अवसर जुटाएका हुन् ।

कार्यक्रममा करिब १० वटा मोटरबोटमा ५० जनाले फेवाताल किनार ड्यामसाइड हुँदै सिरानसम्मै फुटट्रयाक रेखाँंकन गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिमाङ्कनको काम सकेपछि मात्रै रानीवन क्षेत्रमा फुट ट्रयाक निर्माणका लागि लाग्ने बताउनुभयो ।

अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुसमेत आयोजना गर्ने उहाँको भनाइ छ ।

पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन फुट ट्रयाक निर्माण बजेट विनियोजन भएपनि काम भने हुन नसकेका कारण सरोकारवालालाई अवलोकन गराएको टान पोखराका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

नेपाल आउने पर्यटक मध्ये करिव ४० प्रतिशत पर्यटकहरु पोखरा आसपासका क्षेत्रमा आउने गर्दछन् ।