
काठमाडौं, असोज ११ । ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने नाराका साथ आइतबार ४१ औं विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाईर्दैछ ।
यसै अवसरमा काठमाडौंको चोभार स्थित मन्जुश्री पार्कमा आयोजित कार्यक्रममा पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्र उठाउन सकिने बताउनुभयो ।
उहाँंले कोरानाका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो ।
मन्त्री भट्टराईले राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने योजना सुनाउनुभयो ।
पर्यटनमन्त्री भट्टराईले ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका जनताको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्