७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज ११ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७३ हजार ३९४ पुगेको छ ।

२४ घण्टामा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन ।

योसहित नेपालमा ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन ।

पछिल्लो २४ घण्टामा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६३३ , ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.11 #COVID-19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.11

Posted by Ministry of Health and Population-Nepal on Sunday, September 27, 2020