
झापा, असोज ११ । झापामा सात कैदीबन्दीसहित १० जनामा कोरोना पुष्टि भएपछि कारागारमै आइसोलेसन कक्ष बनाउन थालिएको छ ।
कारागारको माथिल्लो तल्लामा आइसोलेसन वार्ड बनाउन शुरु गरिएको हो ।
प्रदेश नं १ सरकारसंग समन्वय गरी दुई वटा आइसोलेसन वार्ड बनाउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
असोज ५ गते कारागारका १७ जनाको पिसिआर परीक्षण गराउँदा १० जनामा संक्रमण पुष्टि भएको थियो ।
३५० कैदीबन्दी राख्नने क्षमता रहेको कारागारमा ५ वालवालिका, ८२ महिला सहित ११४३ जना कैदीबन्दी रहेका छन् ।
क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी रहेकाले कारागारमा संक्रमण फैलने त्रास बढेको छ ।
प्रतिक्रिया दिनुहोस्