२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हाईड्रोपावरको सुरुङभित्र ३६ वर्षीय युवकको मृत्यु


0
Shares

सोलुखुम्बु, असोज ११ । सोलुखुम्बुको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरुङभित्र ढुङ्गाले लागेर गम्भिर घाइते भएका श्रमिक रवी थामीको मृत्यु भएको छ ।

निर्माणाधीन ८६ मेगावाटको हाईड्रोपावरको अडिट नं.४ को सुरुङभित्र काम गर्ने क्रममा शुक्रबार दिउँसो माथिबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

घाइते भएपछि लिखुपिके गाउँपालिका–५ का ३६ वर्षिय थामीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।