
काठमाडौं, असोज ११ । आइतबार ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन ।
यसअघिको बर्षहरुमा पर्यटन दिवसको अवसरमा मुलुकको बिभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याई हुने गरेको थियो ।
यो वर्ष भने पर्यटकका लागि पहिलो गन्तव्य ठमेल पनि यस वर्ष सुनसान रह्यो ।
हरेक बर्ष सेप्टेम्बर २७ को दिन विश्वभर पर्यटन दिवस मनाउने गरीएको छ ।
कोभिडका कारण विदेशी पर्यटक शून्य छन् भने आन्तरीक पर्यटक समेत पाउन मुस्किल भएको व्यवसायीहरुको भनाई छ ।
ठमेल क्षेत्रका व्यापारीहरुको मात्रै नभई मुलुकभरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ ।
पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन् ।
महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटनको आगमन ठप्प हँुदा कतिपय व्यवसायीले पलायन हुने अवस्थामा पलायन हुने अवस्था आएको गुनासो गरेका छन् ।
खर्बैको लगानी रहेको पर्यटन क्षेत्र यतिवेला कारोनाका कारण अस्तव्यस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्