२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दिमाग खाने किरा अमेबाले मच्चाएको आतंक


0
Shares

Amoeba and child death in usa

एजेन्सी, असोज १२ । अमेरिकामा दिमाग खाने किरा अमेबाले आतंक मच्चाएको छ । यो शरीरमा प्रवेश गरेपछि व्यक्तिको मृत्यु नै हुने गरेको बताइएको छ ।

गत ८ सेप्टेम्बरमा एक अमेरिकी बालिकाको अमेबा किराको टोकाईकै कारण मृत्यु भएको पुष्टी भएपछि अमेरिकाको ८ वटा शहरमा अलर्ट नै जारी गरिएको छ ।

घरमा वितरण गरिने पानी र समुद्रमा पाइने यस किराका कारण टेक्ससकी ६ बर्षीया बालिकाको मृत्यु भएपछि उच्च सतर्कता अपनाउन सचेत गराइएको हो ।

ती शहरहरुमा घरमा वितरण गरिने पानी प्रयोग नगर्न चेतावनी दिइएको छ । ती बालिका झाडी भएको ठाउँमा खेल्न गएको समयमा अमेबा उनको शरीरमा प्रवेश गरेको हो वा घरको पानी मार्फत प्रवेश गरेको हो भन्ने पत्ता लगाउन अनुसन्धान जारी छ ।

यसअघि, गत अगस्टमा पनि फ्लोरिडाका १३ बर्षीया एक बालिकाको पनि अमेबा संक्रमणकै कारण मृत्यु भएको थियो । अमेरिकामा सन् १९६२ देखि सन् २०१८ सम्ममा १ सय ४५ जनाको यसैका कारण मृत्यु भइसकेको छ ।

के हो अमेबा

दिमाग खाने किराको रुपमा चिनिने अमेबा यस्तो कीरा हो, जुन कुनै पनि ब्यक्तिको नाकबाट प्रवेश गरी आफनो बाटो पहिल्याएर दिमागसम्म पुगी दिमागको शेल खाने गर्दछ ।

वास्तविक नाम नाइज्लेरिया फाउरेली रहेको अमेबा माटो, सुख्खा झाडी, नदी, तलाउ, झरना र स्वीमिङ पुलमा रहन्छ । यसको टोकाईबाट हुने रोगलाई प्राइमेरी अमोएबिक मेनिगोसेफिलाइटिस पि.ए.एम भनिन्छ ।

जुनसुकै ब्यक्तिको शरीरमा यो प्रवेश गरेपछि संक्रमित ब्यक्ति बाँच्न सक्दैन ।

यसले टोकेपछि यस्ता लक्षण देखिन्छ,

१, खानाको स्वाद र बासना थाहा नपाउने

२, टाउको दुख्ने, ज्वरो आउने र लगातार बान्ता हुने

३, नाक चिलाउने, नाक सुनिन्ने र सुघ्ने शक्ति ह्रास हुने ।

४, हिड्न लरबराउने, धेरैबेरसम्म कुरा गर्न नसक्ने अवस्थामा पुग्ने हुन्छ ।

यसबाट संक्रमित जो कोहीको संक्रमण भएको मितिले ६ दिनभित्र मृत्यु हुने गरेको छ ।

यसबाट बच्ने उपायहरुमा

सुख्खा झाडीहरुमा प्रवेश नगर्ने,

प्रशस्त मात्रामा पानी पिउने,

पानी खाँदा ध्यानपूर्वक खाने ताकी नाकमा प्रवेश नहोस,

नाक बारम्बार नचलाउने ।