२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्बौका मालिक ट्रम्पमाथि कर छलेको आरोप, एक दशकसम्म तिरेनन् आयकर !


0
Shares

trump tax cheating alligation

एजेन्सी, असोज १२ । अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ ।

ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् २०१६ मा पनि आय करवापत जम्मा ७५० डलर मात्रै तिर्नुभएको हो ।

राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्बौका मालिक ट्रम्पले संघीय आयकर ७५० डलर मात्रै तिरेको खुलासा भएको टाइम्सको खबरलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष त आय कर नै तिर्नुभएको छैन । कम्पनी नोक्सानमा गएको जनाएर ट्रम्पले कर छली गरेको जनाइएको छ ।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा रहनुभएका ट्रम्पमाथि मतदान हुन एक महिना बाँकी रहेका समयमा कर छलीको आरोप लागेको हो ।

यता, राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सको खबरलाई पूर्णतः झूठो खबर भन्दै आपत्ति जनाउनुभएको छ ।

टाइम्सले ट्रम्पका कम्पनीको सन् १९९० यताको कर सम्बन्धी विवरण अध्ययन गरेको दाबी गरेकोमा ट्रम्पले खबरमा सत्यता नभएको र आफूले कर तिरेको जिकिर गर्नुभएको हो ।

सन् २०१६ र २०१७ को ट्रम्पको व्यक्तिगत कर विवरण नै अध्ययन गरेको दाबी गर्दै टाइम्सले ती दुई वर्ष उहाँले जम्मा ७५० डलर मात्र कर तिरेको जनाएको हो ।