२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सोमबार थपिए काठमाडौं उपत्यकामा ८१७ सहित १३५१ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज १२ । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित पुष्टि भएको बताउनुभयो ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७४ हजार ७४५ पुगेको छ ।

२४ घण्टामा १० हजार ८० जनाको पिसिआर परिक्षण गरिएको छ ।

त्यसैगरी २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको जम्मा संख्या ५४ हजार ६४० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना गरि ८१७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

२ जना महिला र २ जना पुरुष गरि ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीका ३८ वर्षीया महिला, भक्तपुरका ५१ वर्षीया महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ४८१ जना पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.12 #COVID-19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.12

Posted by Ministry of Health and Population-Nepal on Monday, 28 September 2020