१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारीमा


0
Shares

सुर्खेत, असोज १२ । कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।

चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन ।

केहि विधेयक विभिन्न विषयगत समितिमा विचाराधिन रहेको प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताउनुभयो ।

विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको शाहीले बताउनुभयो ।

यता सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ ।