
स्याङ्जा, असोज १२ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गाँजासहित २ जना पक्राउ परेका छन् ।
अर्जुन चौपारी गाउँपालिका–३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ६२ वर्षीय तुलबहादुर क्षेत्री र २२ वर्षीय कृष्णबहादुर गरुङ रहेका छन् ।
प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्