
फाइल तस्वीर ।
चितवन, असोज १२ । चितवनमा फेरि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ ।
बिहान करिव ९ बजेको समयमा घाँस काट्न गएको समय खैरहनी नगरपालिका १३ कुमरोज सामुदायीक बनमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यवहादुर थापाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका ६ बछौली बस्ने बर्ष ५५ का बभना चौधरी रहेका छन् ।
घास काट्न जाँदा बाघले आक्रमण गरी जंगल तर्फ लगेको भन्ने सूचना पाएपछि खोजी गर्दा सोही स्थानको घाँसे मैदानमा फेला परेको प्रवक्ता थापाले जानकारी गराउनुभयो ।
यस अघि असोज १० गते घाँस काट्न गएका भरतपुर १३ का ६३ वर्षीय पुरुषलाई बाघले मारेको थियो ।
प्रतिक्रिया दिनुहोस्