१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो


0
Shares

काठमाडौं, असोज १२ । विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १० लाख तीन हजार पुगेको छ ।

संक्रमित हुनेको संख्या तीन करोड ३३ लाख ४२ हजार नाघेको छ ।

कूल संक्रमितमध्ये दुई करोड ४६ लाख ५५ हजार बढी कोरोनामुक्त भएका छन् ।

हाल ७६ लाख ८४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

अमेरिकामा सबैभन्दा बढी दुई लाख नौ हजार पाँच सय मानिसको मृत्यु भएको छ ।

संक्रमितको संख्या ७३ लाख २१ हजार नाघिसकेको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७५ हजार संक्रमित भएका छन् भने यहाँ ९५ हजार ६ सयको हाराहारीमा मृत्यु भएको छ ।

तेस्रो स्थानको ब्राजिलमा करिब ४७ लाख ३२ बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४१ हजार ७७५ बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको चौथो स्थानको रुसमा ११ लाख ६० हजारको हाराहारीमा संक्रमित हुँदा २० हजार चार सयको हाराहारीमा मृत्यु भएको छ ।

युरोपेली मुलुकहरु बेलायत, फ्रान्स, स्पेन र इटाली लगायतका देशमा कोरोनाको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । (एजेन्सी)