
काठमाडौं, असोज १२ । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न एक उच्च स्तरीय समितिको व्यवस्था गर्दै कार्यविधि जारी गरेको छ ।
राष्ट्र बैंकले सोमबार वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको हो ।
राष्ट्र बैंकबाट लाइसेन्स वा अनुमति लिइ कारोबार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पूर्ण वित्तीय मध्यस्थता सेवा तथा राष्ट्र बैंकको क्षेत्राधिकारमा पर्ने अन्य बिषयबस्तुलाई यो कार्यविधिले समेट्ने छ राष्ट्रबैकका प्रवक्ता एवं कार्यकारी निर्देशक गेणाकर भट्टले जानकारी दिनुभयो ।
गुनासो ब्यवस्थापनका लागि वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा समिति बनाइएको हो ।
समितिमा अर्का डेपुटी गभर्नर, नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सदस्य हुने राष्ट्रबैकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्