१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ग्राउण्ड ह्यान्डेलिङको विषयमा निगमका कर्मचारी आन्दोलनमा


26
Shares

काठमाडौं, असोज १२ । नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

निगमको एकमात्र आन्दानीको श्रोत सेल्फ ग्राउण्ड ह्यान्डेलिङ सेवा पर्यटनमन्त्रीको हिमालयन एयरलाइन्सलाई दिने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।

नेपाल वायु सेवा निगमले कुल आम्दानीको २० देखि २५ प्रतिशत हिस्सा ग्राउन्ड ह्यान्डेलिङ सेवाबाट प्राप्त गर्दै आएको छ ।

हिमालयले यस्तो अनुमति पाउने भएपछि नेपाल एयरलाइन्सका कर्मचारीहरुले यसको विरोध गरेका छन् ।

निगमको कर्मचारी युनियनले विज्ञप्ती नै जारी गरेर क्यानले हिमालयलाई यस्तो अनुमति दिएर निगमलाई पाखा लगाउन खोजेको आरोप लगाएको छ ।

वायु सेवा निगमका कर्मचारीले यो निर्णय राष्ट्र र राष्ट्रिय हित विपरित रहेको भन्दै निर्णय तत्काल सच्याउन माग समेत गरेका छन् ।

कर्मचारीले चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी कर्मचारीले मंगलवार कालो पट्टी बाधेर काम गर्ने, बुधवार कार्यकारी अध्यक्ष, संचालक समितिको कार्यकक्ष घेराउ र तालाबन्दी गर्ने तथा विहिवार विभागीय प्रमुखको कार्यकक्ष घेराउ गर्ने सम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपालको एकमात्र ध्वजावाहक विमान नेपाल वायुसेवा निगम कमजोर व्यवस्थापनका कारण विरामी अवस्थामा संचालनमा छ यसमा पनि एउटा आम्दानीको श्रोत ग्राउण्ड हेन्डलिङ्ग पनि विदेशी कम्पनीलाई दिने कुराले दीर्घकालिन रुपमा निगमको स्वामित्व हस्तान्तरण हुने हो कि भन्ने संशय समेत पैदा भएको छ ।

सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ ।

चार अंकले घटेको बजारमा कारोवार रकम पनि खुम्चीएको छ ।

आइतवार ३ अर्ब बढीको कारोवार भएको बजारमा सोमबार भने एक अर्ब ६९ करोडको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमवार फाइनान्स कम्पनी र विकास बैक समूह सामान्य सकारात्मक हुदा अन्य सबै समूह नकारात्मक रहे ।

यसदिन सबैभन्दा बढी निर्जिवन बिमा समूह ५२ अंकले ओरालो लाग्दा जिवन बिमा पनि ४९ अंकले घटेको छ ।

यस दिन १ सय ९१ कम्पनीको १ अर्ब ६९ करोड बढीमा कारोवार भउको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।